१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको गुनासो : राम्रो काम गर्दा पनि सरकारविरुद्ध घेराबन्दी भयो, बदनाम गर्न खोजियो

२५ मंसिर २०८०, सोमबार ०८:५६

मङ्सिर २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताएका छन्।

सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले प्रयास गरिरहेको बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रयासमा सरकार लागिरहेको छ। सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’, उनले भने, ‘सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ, आक्रमण गरिँदैछ।’

दाहालले राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको बताउँदै अर्थतन्त्रमा पनि सुधार हुँदै गएको बताए।

‘अर्थतन्त्र सुधार हुँदैछ। राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले सुधारको संकेत देखाएको छ’, उनले भने, ‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमान्दार हुँदा कसैको केही लाग्ने रहेनछ। अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ। सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने काम गरिँदैछ, गर्दै जान्छौँ।’

दाहालले प्रतिक्रियावादी र अवसरवादीलाई अहिलेको सुधार मन नपरेको बताए।  छैन। ‘नोकरशाही र दलालहरूलाई यी कुरा मन परेका छैनन्। हाम्रो लडाइँ टुंगिएको छैन’, उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह