असोज २९, वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ । 

काँग्रेस स्याङ्जा क्षेत्र नं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ । 

काँग्रेस स्याङ्जा क्षेत्र नं "/>

2026-09-18 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समस्या समाधानका लागि काँग्रेस गम्भीर छः नेता सिंह

असोज २९, वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ । 

काँग्रेस स्याङ्जा क्षेत्र नं ३ को पार्टी कार्यालयको आज गल्याङमा उद्घाटन गर्दै उहाँले संविधानमा केही कमजोरी रहेकाले यसलाई सबै दलको सहमतिमा संशोधन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभयो । 

नेता सिंहले “नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएका हुनाले यसको कार्यान्वयनमा पनि काँग्रेसले जिम्मेवारी लिनुपर्छ” भन्दै “संविधानको कार्यान्वयनमा देखिएका जटिलतालाई आन्दोलन भन्दा पनि वार्ताबाट निकास दिनु अहिलेको आवश्यकता हो बताउनुभयो ।” 

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित अन्य दललाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिदै उहाँले काँग्रेसले सरकार परिवर्तनलाई भन्दा पनि जनताका चाहना र आवश्यकता बुझ्नतर्फ लाग्नुपर्ने भन्नुभयो । 

पार्टीका महाधिवेशनका समयमा जे–जस्तो भए पनि अब भने सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी सुदृढिकरणतर्फ लाग्नुपर्ने र पार्टीभित्र नमिलेका केही विषयलाई कात्तिक ४ गते बस्ने पार्टीको केन्द्रीय बैठकमा आफूले उठाउने प्रतिवद्धता पनि नेता सिंहले व्यक्त गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई