काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेका छन ।

पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बराबरको ग्यारेन्टी पेश गर्न जिल्ला अदालत पुगेका हुन् । अब खाणले ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोधपुछ गर्नेछ । त्यसपछि मात्रै खाण थुनामुक्त हुनेछन् ।

खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!