२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

२०८०, २९ मंसिर शुक्रबार ११:१९

मङ्सिर २९, काठमाडौं | प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।  


प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना), पाइलट र अरु प्याराग्लाइडिङ व्यवसायीबीच विवाद बढ्दै जाँदाको अवस्थामा उडान जारी राख्दा असुरक्षा हुने भन्दै रोक लगाएको प्राधिकरणले बताएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले व्यवसायी र पाइलटबीचको विवादका कारण उडानमा जोखिम थपिएकोले अनिश्चितकालिन रोक लगाएको बताए।

‘अहिले छाता संस्था र व्यवसायी तथा पाइलटबीच विवाद चलिरहेको छ। यो बेला उडान गरिरहँदा असुरक्षा हुन सक्छ। सुरक्षामा आँच आउने अवस्थामा उडान गर्न दिने कुरा रहेन,’ निरौलाले भने, ‘एकजुट भएर अघि बढ्नुपर्ने निकाय नै छिन्नभिन्न भएपछि उडानमा असुरक्षा खतरा भयो। त्यसैले सुरक्षालाई ध्यानमा राखेर अनिश्चितकालिन रोक लगाइएको हो।’ पोखरा क्षेत्रको मात्र उडान बन्द गरेको उनले बताए।

व्यवसायी, पाइलट र प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था बीच विवाद बढ्दै गएपछि बिहीबारदेखि पाइलटले पनि उडान रोकेका थिए। छाता संस्थाले लागु गरेको एकद्वार प्रणालीबाट उडान संचालन गर्नुपर्ने पाइलटको माग रहेको छ। केही व्यवसायीले भने छाता संस्थाले लागु गरेको एकद्वार प्रणाली मान्य नहुने बताएपछि विवाद चुलिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !