१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आजपाले घेर्‍यो भन्सार विभाग

१ पुष २०८०, आईतवार ०९:४३

पुस १, काठमाडौँ | पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग घेराऊ गरेको छ ।


आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को लागि आज देखि पुनः भन्सार बिभागमा धर्ना तथा घेराऊ कार्यक्रम शुरू गरेको हो।

हिजो शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदकारी एवं लुटकारी राजस्व नीतिकोविरुद्ध आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार त्रिपुरेश्वरस्थित भन्सार बिभाग घेराऊ गरेको हो ।

गत भाद्र ३१ गते भन्सार विभागको महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरिएको संघर्षको पहिलो चरण अन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१-२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको आजपाले जनाएको छ । तर सरकारले यसको कूनै सुनुवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाईएको आजपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह