१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?

२ पुष २०८०, सोमबार ०६:३४

पुस २, काठमाडौँ | ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन पनि एउटै मञ्चमा थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममा बालेनले प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग मागेका थिए ।


बालेनले भनेका थिए, ‘कुनै कुनै अतिक्रमणहरु हामी आफैंले पनि रोक्न सक्छौं । खोला अतिक्रमण चाहिँ, सम्माननीय ज्यू यहीँ हुनुहुन्छ, उहाँले चहानुभयो भने यहाँदेखि अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो त्यो । सम्माननीय ज्यूले चाहनुभयो, गृहमन्त्री ज्यूले चाहानुभयो भने पाँच मिनेटदेखि एक घण्टाभित्र सल्टिने समस्या पनि छन् ।’ आफ्ना कुरा राखेर बालेन कार्यक्रमबाट हिँडे ।

प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै प्रचण्डले बालेनसँग असन्तुष्टि जनाए । ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ’ उनले भने, ‘आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

त्यसपछि प्रचण्डले बालेनले उठाएका विषयको जवाफ दिए ।

प्रचण्डले खोला किनारका अतिक्रमण, तिनकुनेको मुआब्जा र फोहोर व्यवस्थापनका विषयमा सिंहदरबारमा छलफल गरेर आफूले जति अरु प्रधानमन्त्री कसैले पनि पहल नगरेको बताए । तर पहल गरेको कुराको जस नपाएको गुनासो उनले गरे ।

प्रचण्डले भने, ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’

उनले आफूले गरेका सकारात्मक कामलाई सकारात्मक रुपमा नलिदिइएकोमा पनि प्रचण्डले गुनासो गरे । ‘मैले गरेका सकारात्मक कामलाई सकारात्मक सोच सहित रिकग्नाइज नगर्दिनु सकारात्मक सोचलाई प्रोत्साहन नदिनु हो,’ प्रचण्डले भने, ‘मैले त्यो पीडा पनि बेलाबेलामा महसुस गर्ने गरेको छु ।’

आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको र अब नयाँ ढंगले काम गर्न चाहेको भन्दै प्रचण्डले त्यसमा सबैको साथको अपेक्षा गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी