२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनको ‘शैली’प्रति प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि– जवाफै नसुनी हिँडिहाल्ने?

२०८०, २ पुष सोमबार ०७:२७

पुस २, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘शैली’प्रति असन्तुष्टि जनाएका छन्। आफ्नो प्रश्न राख्ने, तर जवाफ सुन्ने धैर्यता नराखेको भन्दै प्रधानमन्त्री प्रचण्डले बालेनको शैलीप्रति असन्तुष्टि जनाए। 

ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए। कार्यक्रममा काठमाडौंका मेयर बालेन पनि अतिथिको रुपमा उपस्थित थिए। 

कार्यक्रममा सुरुमा बोलेका बालेनले फोहोर व्यवस्थापन र उपत्यकाका खोलामा भएको अतिक्रमण हटाउन प्रधानमन्त्री र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए। 

‘केही कुराहरु संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन्। जस्तै फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्दै आएका छौँ। त्यसलाई स्थानीय सरकार आफैँले गर्ने कुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीय (प्रधानमन्त्री)ज्युलाई आग्रह र अनुरोध गरेँ। जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ,’ फोहोर व्यवस्थापनको विषयमा प्रधानमन्त्री प्रचण्डको सहयोग माग्दै बालेनले भने। 

मेयर बालेनले प्रधानमन्त्रीले चाहेको खण्डमा काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको अतिक्रमण पनि तत्काल हट्ने दाबी गरे।  

‘काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ। कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ, तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ। ५ मिनेटदेखि १ घण्टामा मात्रै सकिन्छ। त्यो मेयरहरुले मात्रै सक्दैन,’ बालेनले भने। 

बालेन आफ्नो भनाइ राखेपछि कार्यक्रमस्थलबाट बारिए। त्यसपछि बोलेका प्रधानमन्त्री प्रचण्डले आफ्नो जवाफ सुन्दै नसुनी बालेन कार्यक्रमबाट बाहिरिएको भन्दै असन्तुष्टि जनाए। 

‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जे-जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ,’ प्रधानमन्त्रीले भने। 

प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन र अतिक्रमणको समस्या समाधानका लागि आफूले पहल गरेको, तर बालेनले त्यसबारे खुला रुपमा नबोलेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। 

‘उहाँले भन्नुभयो यहाँबाट निस्किनेबित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्र जी तपाईंले चाहे त्यो बागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् वा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कति पटक सिंहदरबारमा बैठक भयो? के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ। तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ? तपाई काठमाडौं महानगरको मेयर भएको नाताले उपत्यकाका अरु नगरपालिकालाई समन्वयन गर्ने बढी जिम्मेवारी छ। मैले बढी सहयोग तपाईंलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो?’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !