पुस ३, काठमाडौँ | माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्न लागेको सचिव गणेश साहले जानकारी दिए ।
बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ । यस्तै, प्रचण्ड नेतृत्वको सरकारले पुस ११ गते एक वर्ष पुरा गर्दैछ ।