२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिबद्धता पूरा नगर्ने मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छुः प्रधानमन्त्री

२०८०, ६ पुष शुक्रबार १०:१३

पुस ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताएका छन्।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेका कामहरूबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेको बताएका हुन्।


‘मन्त्रीहरूलाई बोलाएर के-के गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’

प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको पहिलो वर्ष सकिएपछि नयाँ ढंगले काम सुरू गर्ने पनि बताएका छन्।

पहिलो वर्षमा सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेको उनले बताए।

‘निरन्तरतामा क्रमभंग गर्दै आएको छु।  ११ गतेबाट नयाँ ढंगले विकास निर्माण र जनताको सेवाका काम अगाडि लैजाने प्रतिबद्धता छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !