१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मैले लिएको भनिएको १ करोड ऋण तिर्न पाऊँ : रवि लामिछाने

९ पुष २०८०, सोमबार ०६:५६

पुस ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । उनले पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उनको भनाइ छ । 

सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गरे । आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उनको भनाइ छ । 


‘मैले लोन लिएको प्रमाण चाहियो । मैले लिएको भनिएको ऋण १ करोड तिर्न पाउनुपर्‍यो’, लामिछानेले भने, ‘जुन सहकारीमा म सदस्य छैन । लोन मैले लिएको भन्ने छ तिर्न पाउँ ।’

उनले आफूले ग्यालेक्सी टिभी छाडेको एक वर्ष भइसकेको र त्यहाँ हुँदा टिभीसँग निश्चित सम्झौता गरेर काम गरेको  बताए । ‘उहाँहरूको विभिन्न व्यवसायसँगै ग्यालेक्सी पनि एक व्यवसाय हो । मेरो सहकार्य ग्यालेक्सीसँग भएको हो । त्यसका लागि मैले सम्झौता गरेको छु’, उनले भने, ‘मेरो उहाँहरुसँग अन्य आबद्धता छैन । मैले टिभी छाडेको डेढ वर्षपछि सहकारी धरासयी भयो । टेलिभिजनलाई त्यसको असर पर्‍यो । टिभी छाड्दा मैले सबै बुझाएर निस्केको हो ।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सो क्रममा आलोचना गरे । गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको उनको दाबी थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह