२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विदेश जाने नेपालीहरूले पाउने सटही सुविधाको सीमा बढ्यो (पूर्ण पाठसहित)

२०८०, १२ पुष बिहीबार १२:१७

पुस १२, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपालीहरूले राहदानी बापत पाउने सटही सुविधाको सीमा बढेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्थाको सीमा बढाएको हो । 


उक्त परिपत्रमा उल्लेख गरिएको छ, ‘वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलब्ध गराउँदा देहायबमोजिम गर्नु पर्नेछ । जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडा जानेको हकमा: अधिकतम अमेरिकी डलर ५०० । अन्य मुलुक जानेको हकमा: अधिकतम अमेरिकी डलर २०० ।’

यसअघि यस्तो व्यवस्था नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २ सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्ने थियो ।   

राहदानी सुविधा बापत सटही माग गर्न आउने निवेदकहरूबाट कन्फम्र्ड हवाई टिकट तथा नाम, ठेगाना र फोटो समेत भएको एवम् अग्रिम भिसा आवश्यक पर्ने अवस्थामा भिसा प्राप्त राहदानीको पृष्ठको छविचित्र अनिवार्यरुपमा पेस गर्न लगाउनु पर्नेछ । ती छविचित्रहरू सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । तर, विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा उपलब्ध गराउन यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।  

त्यस्तै, नयाँ व्यवस्था अनुसार सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभएता पनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको निजको खाताबाट भुक्तानी हुने भएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको व्यवस्था मिलाउनु पर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !