१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विदेश जाने नेपालीहरूले पाउने सटही सुविधाको सीमा बढ्यो (पूर्ण पाठसहित)

१२ पुष २०८०, बिहीबार १२:१७

पुस १२, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपालीहरूले राहदानी बापत पाउने सटही सुविधाको सीमा बढेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्थाको सीमा बढाएको हो । 


उक्त परिपत्रमा उल्लेख गरिएको छ, ‘वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलब्ध गराउँदा देहायबमोजिम गर्नु पर्नेछ । जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडा जानेको हकमा: अधिकतम अमेरिकी डलर ५०० । अन्य मुलुक जानेको हकमा: अधिकतम अमेरिकी डलर २०० ।’

यसअघि यस्तो व्यवस्था नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २ सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्ने थियो ।   

राहदानी सुविधा बापत सटही माग गर्न आउने निवेदकहरूबाट कन्फम्र्ड हवाई टिकट तथा नाम, ठेगाना र फोटो समेत भएको एवम् अग्रिम भिसा आवश्यक पर्ने अवस्थामा भिसा प्राप्त राहदानीको पृष्ठको छविचित्र अनिवार्यरुपमा पेस गर्न लगाउनु पर्नेछ । ती छविचित्रहरू सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । तर, विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा उपलब्ध गराउन यस व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।  

त्यस्तै, नयाँ व्यवस्था अनुसार सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभएता पनि अन्य बैंक तथा वित्तीय संस्थामा भएको निजको खाताबाट भुक्तानी हुने भएमा सम्बन्धित वाणिज्य बैंकले सुन बिक्रीको व्यवस्था मिलाउनु पर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह