पुस १४, काठमाडौँ | बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ ।
शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलयका अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदा हुँदै पनि युवाहरूले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताएका छन् । उनले दुई युवाहरूको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरे ।
उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरे ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई शहीद घोषणा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।