१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘धोती दिवस’ को र्‍यालीबाट मन्त्री, सिके राउतलगायत दर्जन बढी पक्राउ

१६ पुष २०८०, सोमबार ०५:४९

 पुस १६, काठमाडौँ | ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पनि पक्राउ गरेको छ ।

निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।


पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

उनले भने, ‘मन्त्रीज्यू, पार्टी अध्यक्ष र समितिका सभापतिसहित हामी करिब एक सय जनालाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा ल्याएर राखेको छ । हामी सबै सँगै छौं ।’

काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा अहिले कुनै पनि सभा सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ । राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो शान हो’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह