पुस १६, काठमाडौँ | सत्तारु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौँ | सत्तारु"/>
१२ माघ २०८२, आईतवार
राजनीति

प्रकाश ज्वालाको बचाउ गर्दै माधवले भने- सूचनाको अभावमा फस्नुभो

१६ पुष २०८०, सोमबार ११:१३

पुस १६, काठमाडौँ | सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् ।

नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेर आलोचना भइरहेका बेला बेला उनको सो प्रतिक्रिया आएको हो ।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको पनि बताए ।

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरु जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए ।

यस्तो छ नेपालको भनाइः

बालकुमारीमा अस्ती एउटा घटना घट्यो । त्यो घटनाले हामी सबैलाई घच्घच्याएको छ । नेपाली युवाहरुको विदेशमा पलायन । यो नेपाली युवा, नेपाली जनता विदेशमा जानका लागि ओइरो लागेर जाने स्थिति जुन बनिराखेको छ । गाउँमा युवाहरु खाली भइरहेका छन । गाउँ युवा बहिनी बनिरहेको छ । यो समस्या जुन त्यहाँ देखापर्यो । यस सन्दर्भमा चर्चाको शिलशिलामा मन्त्रीजीको पनि चर्चा आयो । यस बारेमा म बताऊँ ।

बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बसिरहेको थियो । ठ्याक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन । आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला । हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर । हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन । त्यसपछि उहाँ सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ । त्यसमा फँस्नुभएको हो । त्यसो हुनाले अरु कुनै शिलशिलामा होइन ।

आफ्नो पार्टीको बैठकबाट बाहिर निस्किने शिलशिलामा सम्भवत त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो । यसलाई अन्यथा रुपमा कसैले पनि लिनुपर्ने आवश्यकता छैन । यो मैले प्रष्ट पार्नैपर्ने भएकाले मैले भनेको छु । तर हाम्रो पार्टी यस मामिलामा गम्भिर छ । र, यस सवालमा सरकार पनि गम्भिर छ ।

र, सरकारले जुन गोली चलेको घटनाको सन्दर्भमा, दुई जनाको मृत्यु भएको सन्दर्भमा त्यसलाई गम्भिरताका साथ लिएर त्यसमा छानबिन गर्ने काम पनि गर्न अगाडि सरेको छ । र, जहाँबाट गल्ती भएको छ । तिनीहरु दण्डित हुनुपर्दछ । र, यस्तो घटना घटेको सन्दर्भमा सबै सरोकारवाला निकायले पनि आफैले आत्म चिन्तन गर्नुपर्ने आवश्यकता पनि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह