२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धन बैठक : भागबन्डा मिलेको दाबी, तर माधव नेपाल अझै असन्तुष्ट

२०८०, २२ पुष आईतवार ०६:३५

पुस २२, काठमाडौँ | राष्ट्रिय सभा चुनावको भागबण्डा टुंग्याउन बसेको आज बिहान बसेको गठबन्धन बैठक सकिएको छ । बैठकपछि कांग्रेस नेता रमेश लेखकले भागबण्डा टुंगिएको बताए ।

लेखकका अनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको हो । उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको उनको भनाइ छ ।

तर, नेकपा एकीकृत समाजवादी भने यो भागबण्डाबाट सन्तुष्ट छैन । तीन सिट मागेको एसलाई २ सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधव नेपाल बैठक सकिनुअघि नै उठेर हिँडेका थिए । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिले सहमति भनिएको कुरामा आफूहरूको सहमति नरहेको बताए ।

उनले भने, ‘हामी आफ्नो अडानमै छौँ । सहमति भएको छैन,’ उनले भने ।

आज माधवभन्दा अगाडि उपेन्द्र यादव निस्किएका थिए । उनी पनि असन्तुष्ट भएको हुनसक्ने आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !