राष्ट्रिय सभामा कांग्रेसको शेखर पक्षले चार सिटमा दाबी गर्ने

Posted on: 07 Jan, 2024

पुस २२, काठमाडौँ | राष्ट्रिय सभाका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्नुअघि इतर पक्षले छलफल थालेको छ । सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोटमा आन्तरिक छलफल थाल्दा शेखर कोइराला पक्षले आफ्नो छुट्टै दाबी गरेको छ ।

शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरु पनि अहिले छलफलमा छन् । राष्ट्रिय सभाका लागि कांग्रेसले १० सिट पाइरहँदा शेखर पक्षले ४ सिटमा दाबी गर्ने तयारी गरेको छ ।

कांग्रेसले कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंगो लगाउनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!