१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौलाको मनोनयन दर्ता

२३ पुष २०८०, सोमबार ०५:२७

पुस २३, काठमाडौँ | राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् ।

विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।


२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए ।

कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला कांग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका थिए । उनी शेरबहादुर देउवासँग पराजित भए ।

१४ औँ महाधिवेशनमा भने उनी देउवासँग प्याक भए । उनी कुनै पनि पदमा उम्मेदवार भएनन् । कांग्रेसमा छुट्टै गुट बनाएका सिटौलाले १४ औँ महाधिवेशनमा भने देउवालाई सघाएका थिए ।

उनको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह