१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी

२३ पुष २०८०, सोमबार १०:३०

पुस २३, काठमाडौँ | राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ ४ जनाले उम्मेदवारी दिएका छन्। हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट छुट्टाछुट्टै उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्। 

मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गराएका हुन्। 

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, धुर्वराज विश्वकर्मा, रोजकुमारी चौलागाईँले पनि आजै मनोनयन दर्ता गराएका छन्। 

राप्रपाको तर्फबाट भने हेमजंग गुरुङ्, पूर्ण बहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुलले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। 

बागमती प्रदेश क्लस्टरको राष्ट्रियसभा सदस्यको आगामी माग ११ गते हुने निर्वाचनको लागि बागमती प्रदेश सभाको तर्फबाट ११० जना, प्रदेशको स्थानीय निकायको तर्फबाट २३७ गरी ३४७ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह