२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बलात्कार केलाई मान्ने ? कानूनी व्याख्या आवश्यक: डा. चन्द्र भण्डारी

२०८०, २६ पुष बिहीबार १०:०२

पुस २६, काठमाडौँ | क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरु व्याप्त भइरहेका छन् । बलात्कार सम्बन्धी कानूनको दुरुपयोग भएको अधिकांसको टिप्पणी छ ।

यसैबीच, नेपाली कांग्रेसका चर्चित नेता तथा सांसद डा. चन्द्र भण्डारीले यो मुद्दाको सन्दर्भलाई नजोडिकन सैद्धान्तिक विषय उठाएका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको अवस्था ।’

उनको स्टाटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्वन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांसको टिप्पणी छ । भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् ।

यसअघि हिजो गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।

बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !