पुस २८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।
आजको बैठकमा पार्टीको विधान संशोधनबारे छलफल गर्ने मुख्य एजेन्डा राखिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ । स्थायी समिति बैठकअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो ।