१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिन्दू अधिराज्य र राजा स्वीकार्ने भए कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार छः राजेन्द्र लिङ्देन

९ माघ २०८०, मंगलवार १२:०१

माघ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले हिन्दू अधिराज्य र राजा स्वीकार्ने भए राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

सम्बोधनका क्रममा उनले हिन्दू अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको जिकिर गरे।


उनले भने, ‘यो राप्रपा कम्युनिष्टसँग के कम्युनिष्टसँग भन्नु एमालेसँग बढी मिल्छ भन्ने पीर पिराउ छ, कांग्रेसीजनहरुलाई। कांग्रेस भन्ने पार्टी राप्रपालाई अछुत जस्तो व्यवहार गर्छ अनि हामी उसको भैया पार्टी भएर जान्छौं त? हिन्दू अधिराज्य मानौं, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔं, प्रदेश खारेज गरौं। बाक्लो जनप्रतिनिधि घटाऔं। न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔं। कांग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा कांग्रेसको भाइ भएर हिँड्न तयार छ।’

साथै उनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन्। उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुन क्षेत्री र हिन्दू भन्नेहरु नै रहेको जिकिर गरे। उनले मत नसच्याएसम्म हिन्दू राष्ट्र, हिन्दू धर्म र हिन्दू अधिराज्यको माला जपेर मात्रै हिन्दू राज्य नबन्ने बताए। 

धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने उनको दाबी छ। अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दू राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताए। उनले चुनावमा आफूले जितेपछि हिन्दू राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताए। 

उनले भने, ‘धर्म राजनीति अलग कुराहरु हुन् भनेर हामीलाई गाली गर्ने मानिसहरु पनि छन्। तर हामी सधैं भन्छौं, धर्मविहीन राष्ट्रियता पनि हुन सक्दैन र राजनीति पनि हुन सक्दैन। पार्टी र नेताहरुलाई दोष दिएर हुँदैन । नेताहरुको बाध्यता थियो होला, बिके होलान्, सत्ता मोहमा परे होलान्। तर तपाईले ति पार्टीहरुलाई, ति धर्मनिरपेक्ष बनाउनेहरुलाई भोट नदिएको थियो भने कसरी बनाउँथे। नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौं भनेर ति पार्टीहरुलाई भोट दिने तपाईंहरुको हात कम दोषी छैन।’

अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाहेर मात्रै धर्म निरपेक्षता नआएको बताए। उनले धर्म निरपेक्ष बनाउन दाहालभन्दा बढी दोषी नेपाली कांग्रेस रहेको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह