२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिङ्देनको प्रश्न: राजा ठिक थिएनन् त, त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको ?

२०८०, १५ माघ सोमबार ०९:०४

माघ १५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई सरापेर राजनीति गर्ने दिन सकिएको दाबी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे दिएको जवाफपछि राजनीतिक दलका नेताले दिएको प्रतिक्रयापछि अध्यक्ष लिङदेनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै प्रश्नसमेत तेर्साएका छन्।


मौका मिले त्यही राजा ठिक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाई छ। ‘राजा ठिक थिएनन् त, अनि त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको ? उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

दलहरूले आफ्नो कमजोरी छोप्न राजालाई दोष दिन खोजेको उनको आरोप छ। ‘जहिले दरबार हत्याकाण्डको विषय तेर्स्याएर राजालाई बदनाम गर्न र राजाप्रति घृणा पैदा गर्न खोज्नेहरूले आफ्नो शासनको यो लामो समयमा राजालाई दोषी प्रमाणित गर्न किन नसकेकोरु सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, ‘जनतालाई सधैँ मूर्ख बनाउन सकिन्न भन्ने समयमै बुझौँ१ लिङदेनले दरबार हत्याकाण्डमा आफ्नो प्रियजन गुमाएर बाँचेका दर्जनौँ जीवितहरू छन् उनीहरूलाई किन नसोधेको ? उनले भनेका छन् ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा पूर्व राजा शाहले दरबार हत्याकाण्डबारे आफू र आफ्नो परिवारलाई पीडा दिनेगरी टिप्पणी र आरोप लगाईएको भन्दै गुनासो गरेका थिए । पूर्व राजाले दरबार हत्याकाण्डको २२ वर्षपछि मुख खोलेपनि विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया जनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !