१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काका पक्राउ परेपछि सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार थापा

१८ माघ २०८०, बिहीबार १२:१०

माघ १८, काठमाडौँ | बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हडपेको प्रकरणमा पक्राउ परेका अजितनारायण थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थापा बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका काका अजितनारायण थापालाई भेट्न पुगेका हुन्। 


बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र थापालाई पक्राउ गरेर सीआईबीले अदालतमा उपस्थित गराइसकेको छ। 

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा निजी कम्पनीमा लैजाने गरी निर्णय गर्दा थापा तत्कालीन अवस्थामा कार्यकारी प्रमुख थिए।

धनकुटाको मुगा घर भएका अजित सुनिलका काका हुन्। उनै काकालाई भेट्न पुगेका सल्लाहकार थापा त्यत्तिकै फर्किएका छन्। 

थापाले काकालाई भेट्न गए पनि सीआईबीले अदालत लगिसकेकाले भेट सम्भव नभएको बताएका छन्। 

जग्गा हिनामिना प्रकरणमा प्रहरीले बिहीबार अपरान्ह थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह