१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देश तथा विदेशमा एकीकृत समाजवादीप्रति बढ्दो आकर्षण छः नेपाल

१९ माघ २०८०, शुक्रबार १०:०४

माघ १९, दाङ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतीमा जनताको बहुदलीय जनवादको औचित्य अझै नसकिएको बताएका छन्।

दाङको लमहीमा क्षेत्रीय पार्टी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्धा रहेको र अझै जनताको बहुदलीय जनवादको औचित्य नसकिएको बताए।

‘नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्धा हाे। यसको औचित्य सकिएको छैन,’ उनले भने, ‘जनताको बहुदलीय जनवाद अझै सान्दर्भिक छ।


जनताको समस्यानै मूल मुद्दाको बिषय भएकाले जनतालाई मायाँ गर्ने, गरिब विपन्न जनतालाइ सम्मान गर्ने, स्वाभिमानी नेपालीलाई मायाँ गर्नेगरी पार्टी कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए।

यस्तै पार्टी प्रति जनताको विश्वास बढ्दै गएको भन्दै खुसी व्यक्त गरे। उनले देश तथा विदेशमा पनि एकीकृत समाजवादीप्रति आकर्षण बढेको दाबी गरे । ‘हाम्रो पार्टीप्रति देश तथा विदेशमा आकर्षण बढ्दो छ,’ उनले भने, ‘गाउँ गाउँमा एकिकृत समाजवादी पार्टी रोज्ने लहर चलेको छ।’

समाजवादीका जिल्ला अध्यक्ष भूपबहादुर केसीको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य टोपेन्द्र केसीसहित एक हजार तीन सय जना पार्टी प्रवेश गरेको जानकारी गराइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्युरो सदस्य तथा पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले दलबीच गठबन्धन निरन्तर अघि बढिरहने, दलको बीमा भएको सहमतिअनुसार जिम्मेवारीहरु प्राप्त हुँदै जाने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह