२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देश तथा विदेशमा एकीकृत समाजवादीप्रति बढ्दो आकर्षण छः नेपाल

२०८०, १९ माघ शुक्रबार १०:०४

माघ १९, दाङ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतीमा जनताको बहुदलीय जनवादको औचित्य अझै नसकिएको बताएका छन्।

दाङको लमहीमा क्षेत्रीय पार्टी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्धा रहेको र अझै जनताको बहुदलीय जनवादको औचित्य नसकिएको बताए।

‘नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्धा हाे। यसको औचित्य सकिएको छैन,’ उनले भने, ‘जनताको बहुदलीय जनवाद अझै सान्दर्भिक छ।


जनताको समस्यानै मूल मुद्दाको बिषय भएकाले जनतालाई मायाँ गर्ने, गरिब विपन्न जनतालाइ सम्मान गर्ने, स्वाभिमानी नेपालीलाई मायाँ गर्नेगरी पार्टी कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए।

यस्तै पार्टी प्रति जनताको विश्वास बढ्दै गएको भन्दै खुसी व्यक्त गरे। उनले देश तथा विदेशमा पनि एकीकृत समाजवादीप्रति आकर्षण बढेको दाबी गरे । ‘हाम्रो पार्टीप्रति देश तथा विदेशमा आकर्षण बढ्दो छ,’ उनले भने, ‘गाउँ गाउँमा एकिकृत समाजवादी पार्टी रोज्ने लहर चलेको छ।’

समाजवादीका जिल्ला अध्यक्ष भूपबहादुर केसीको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य टोपेन्द्र केसीसहित एक हजार तीन सय जना पार्टी प्रवेश गरेको जानकारी गराइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्युरो सदस्य तथा पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले दलबीच गठबन्धन निरन्तर अघि बढिरहने, दलको बीमा भएको सहमतिअनुसार जिम्मेवारीहरु प्राप्त हुँदै जाने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !