२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले धादिङ विवाद : प्रदेश अध्यक्षले अधिवेशन स्थगित गरे, जिल्ला अध्यक्षले सुरू गरे

२०८०, २१ माघ आईतवार ०६:२४

माघ २१, काठमाडौँ | नेकपा (एमाले) धादिङको विवाद उत्कर्षमा पुगेको छ। शुक्रबारदेखि सुरू भएको नवौं जिल्ला अधिवेशन कुटाकुटमा परिणत भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले स्थगित गरेर काठमाडौं हिँडेका थिए।

निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन यथावत् रहेको भन्दै बन्दसत्र सुरू गरेका छन्।  उच्छृङ्खल व्यक्तिले सामाजिक सञ्जाल र मिडियामा अधिवेशन स्थगनको भ्रम फैलाएको उनले बताएका छन् । र, बन्दसत्रको कार्यक्रम नियमित सञ्चालनमा रहेको बताएका छन्।


शुक्रबारदेखि सुरू भएको जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहकै दुई गुटको लडाइँ थियो। निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्व प्रदेश सभा सदस्य, तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन्।

उनीहरूबीचको गुटको लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको एक नेताले जानकारी दिए।

स्रोतका अनुसार धादिङमा भूमि त्रिपाठीको समूह बलियो छ। निवर्तमान कमिटीका तीन पदाधिकारीसहित अधिकांश सदस्य त्रिपाठीको पक्षमा उभिएपछि परिणाम आफ्नो पक्षमा पार्न अधिकारी समूह लागिपरेको एक नेताले बताए।

उनका अनुसार अधिकारीका पक्षमा बागमती प्रदेश इन्चार्ज गुरू बराल, सिन्धुली इन्चार्ज खेम लोहनी, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, बागमती प्रदेश कमिटी सदस्य रमेश आचार्य लगायत नेताहरू छन्।

‘सुरूमा उनीहरूले अध्यक्ष मण्डलको नेतृत्व बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले गर्नुपर्छ भन्दै निहुँ खोजे। त्यसो गर्न सकिए आफूअनुकूलको कमिटी घोषणा गर्न पाइन्छ भन्ने उनीहरूको ध्येय थियो,’ ती नेताले भने।

तर, निवर्तमान कमिटीका अधिकांश पदाधिकारीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटालाई बनाउनुपर्छ भनेर अडान नछाडेपछि ढुंगेल पक्ष रक्षात्मक बन्न पुगेको ती नेताको दाबी छ।

‘हामीले उहाँलाई अतिथि पर्यवेक्षक बस्नूस् भनेपछि उहाँले मान्नुभएको थियो,’ अर्का नेताले भने।

देवकोटाको नेतृत्वमा जिल्ला सहइन्चार्जद्वय जानुका सिंखडा, रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय ध्रुवराज विश्वकर्मा र धनबहादुर घलेको अध्यक्ष मण्डल बनाइएको ती नेताले बताए।

तर जिल्ला अध्यक्षका आकांक्षी अधिकारी पक्षधर नेता कार्यकर्ताले हुलहुज्जत, नाराबाजी गर्न र धर्ना बस्न थालेपछि प्रदेश अध्यक्ष ढुंगेल र प्रदेश सचिव नवराज सिलवाललाई अध्यक्ष मण्डलमा थप गर्ने सहमति भएको थियो। तर त्यतिले पनि परिणाम आफ्नो पक्षमा पार्न नसकिने देखेपछि अधिवेशन स्थगितको सूचना सामाजिक सञ्जालमा छरेर काठमाडौँ हिँडेको त्रिपाठी समूहले बतायो।

‘५८० प्रतिनिधिमा उनीहरूको चार जना सदस्य मिलाउने सहमति पनि भएको थियो। किनभने उहाँहरू मनोनीत प्रतिनिधिको विवाद झिकेर तमासा देखाइरहनुभएको थियो। जनसंगठनबाट तीन-तीन जना प्रतिनिधि जना प्रतिनिधि ल्याइएको थियो। त्यसमा पनि आपत्ति जनाउन थालेपछि चार जना थप्न हामी मञ्जुर भएका थियौं। यतिले पनि नपुग्ने देखेपछि अधिवेशन स्थगितको भ्रम फिँजाउनुभयो,’ समूहका एक नेताले भने।

शुक्रबारको अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष ओली नै धादिङबेँसी जाने कार्यक्रम थियो। तर, बाटो लामो भएको कारण देखाउँदै ओली गएनन्।

उनी नगएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गरे। उनले प्रदेश अध्यक्ष ढुंगेललाई फोन गरेर अधिवेशन समस्याग्रस्त नबनाउन बरू काठमाडौं फर्कन सुझाए पनि आफ्ना अनुकूलका पात्रलाई जिताउन लागिपरेको ती नेताको दाबी छ।

धादिङमा देखिएको समस्या केन्द्रीय गुट–उपगुट भन्दा पनि ओली पक्षकै दुई नेताको लडाइँका रूपमा उनले अर्थ्याए।

धादिङमा भूमि त्रिपाठी र खेम लोहनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मार अधिवेशनले खेप्नुपरेको र एकजना कार्यकर्ताको हातै भाँच्चिन पुगेको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !