२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो

२०८०, २२ माघ सोमबार ०७:४५

माघ २२, काठमाडौँ | बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध दोस्रो पटक म्याद थपका लागि आज (सोमबार) अदालत लगिएको छ।

जग्गा हिनामिना प्रकरणमा प्रक्राउ परेका अर्बपति उद्योगी ६० वर्षीय अरुण चौधरी, बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबागका सञ्चालक महोत्तरीको महोत्तरी गाउँपालिका–१ घर भएका ४५ वर्षीय सन्जय ठाकुरविरुद्ध थप अनुसन्धानका लागि आज दोस्रो पटक म्याद थप गर्न लागिएको हो।
उनीहरुलाई म्याद थपका लागि काठामाडौं जिल्ला अदालत लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको थियो। ४ दिनको म्याद आइतबार नै सकिएकाले आज दोस्रो पटक म्याद थप गर्न लागिएको हो।
पक्राउ परेका चौधरी र थापालाई सुरुमा चिरायु अस्पताल लगिएको थियो। पछि रेफर गरेर उनीहरुलाई अहिले टोखास्थित ग्राण्डी अस्पतालमा राखिएको छ। ठाकुर भने सीआईबीकै हिरासतमा छन्। उनीहरुले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !