२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित

२०८०, २३ माघ मंगलवार ०५:३५

माघ २३, धादिङ | आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।

आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन ।

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज बिहान सूचना जारी गर्दै निर्धारित मिति र समयअनुसार बन्दसत्र सुरु हुन नसकेको बताएका छन् । ‘आन्तरिक तयारीको काम अझै केही बाँकी रहेको’ भन्दै उनले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर जानकारी गराउने बताएका छन् ।


नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन यही माघ १९ गते उदघाटन भएको थियो । तर बन्द सत्र सुरु हुनु अघि पार्टी अध्यक्ष केपी शर्मा ओली निकट दुई पक्षबीच नेतृत्वको विषयमा विवाद भएपछि अधिवेशन स्थलमा झडप भएको थियो । झडपमा परी एकजना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी अधिवेशन स्थगित भएको भनेका थिए । लगत्तै धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको बताएका थिए । दुई पक्षबीच विवाद बढेपछि नेताहरु अध्यक्ष ओलीसँग छलफल गर्न काठमाडौंमा आएका छन् ।

एमाले धादिङको नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।

त्रिपाठीको तर्फबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकांक्षी छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनीले सचिवमा आकांक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !