२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे अमरेश, गंगा दाहालसँग मागे माफी

२०८०, २३ माघ मंगलवार ११:५७

माघ २३, काठमाडौँ | स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगा दाहालबारे मिडियामा विभिन्न आरोप लगाएर चर्चामा आएका सांसद सिंहले आज (मंगलबार) प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँग हिजो संसद् भवनमा भेट हुँदा एकचोटी भेट्नको लागि बिन्ती गरेपछि आज दाहालले सिंहलाई भेट दिएका हुन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा सिंहले प्रधानमन्त्री दाहालसँग विभिन्न विषयमा भलाकुसारी गरेका हुन् ।

सुरुमा सिंहले प्रधानमन्त्री दाहालकी छोरी गंगासँग माफी मागेको स्रोतको दाबी छ । गंगाले आफूले प्रधानमन्त्री दाहाललाई सफल बनाउनको लागि सचिवालयमा बसेर काम गरेको भन्दै किन अनावश्यक आरोप लगाएको भनेर जिज्ञासा राखेकी थिईन् ।

दाहालको जिज्ञासा भुईंमा खस्न नपाउँदै सिंहले आफूले प्रधानमन्त्री दाहालसँग भेट्न नपाएको र शान्ति प्रक्रियाको लागि आफूले खेलेको भूमिकाको मूल्यांकन नभएको कारण आवेशमा आरोप लगाएको भन्दै माफी मागेको स्रोतको दाबी छ ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो समित्व बेचेर नेपालबाट बाहिरिने निर्णय गर्नासाथ विवादमा मुछिएपछि सांसद सिंहले प्रचण्डलक्षित विभिन्न टिप्पणी गरेका थिए । ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’


सांसद सिंहको उक्त स्टाटसपछि प्रधानमन्त्रीको सचिवालयले खण्डनसमेत गरेको थियो । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको स्पष्ट पारेको थियो । सचिवालयले कुनै तथ्य प्रमाणबिना यस प्रकारका झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको थियो भने माओवादी केन्द्रका नेताहरुले अमरेशलाई ठेगानमा बस्न नत्र आफूहरुले ठेगान लर्गादिेन चेतावनी दिएका थिए ।

सर्लाही–४ बाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका डा. सिंह चर्चामा आइरहने नेताको रुपमा चिनिन्छन् । उनी ०७९ साल पुष १० गते प्रचण्ड एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बन्दा प्रचण्डको साथमा उभिएका थिए ।

कतिपयले प्रचण्डले आफूलाई मन्त्री बनाउने वचन दिएरपनि नबनाएकोले सिंहले अहिले आक्रोश पोख्ने गरेको भनेर पनि दाबी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !