अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

Posted on: 07 Feb, 2024

माघ २४, काठमाडौँ | व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । 

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् । 


यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए । 

अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई सीआईबीले छाडेको हो ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!