१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले परित्याग गरी दर्जन बढी मानिस कांग्रेसमा प्रवेश. डा. आलमद्वारा स्वागत

२ फाल्गुन २०८०, बुधबार १०:२८

फागुन २, रौतहट | रौतहटमा एकदर्जन भन्दा बढी मानिस नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्थानीय राजापुर नगरपालिकास्थित बुधबार एक कार्यक्रमका बीच एमालेका क्रियाशील सदस्यहरू रवीन्द्र पासवान, प्रभु महतो ,उपेन्द्र महतो, लगायत महिला पुरुष गरी एक दर्जनभन्दा बढी मानिसहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ का कांग्रेसका संघीय सांसद प्रत्यासी  डाक्टर फिर्दौश आलमले नवप्रवेशीलाई टिका र माला लगाएर स्वागत गरेका थिए।


राजपुर नगरपालिकाका मेयर राजीक आलमको सक्रियता तथा विकास प्रतिको लगाव देखेर राजपुर ५ का बासिन्दाहरू नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको स्थानीय राजन साहले बताए । उक्त अवसरमा सांसद प्रत्याशी डाक्टर फिर्दौश आलम , मेयर राजिक आलम लगायतको उपस्थिति रहेको थियो । डाक्टर फर्दौश, मेयर राजिक दाजुभाइ पूर्व मन्त्री माेहम्मद अफताव आलमका छोरा हुन्।

हत्या अभियाेगमा अफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि उनको स्थानमा उनको छोरा डाक्टर आलम नेपाली कांग्रेसको टिकटबाट क्षेत्र २ मा गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागी चुनाव लडेका थिए। उक्त क्षेत्रमा तत्काल पूर्व मन्त्री प्रभु साहको साथ रहेका किरण साह स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरी आलमको कान्छो छोरा राजिक आलम नेपाली कांग्रेस पार्टीकै टिकटबाट गत स्थानिय निर्वाचनमा मेयर पदमा विजयी भएका थिए। उनी मेयर भएदेखि नै शिक्षा, स्वास्थ र भौतिक पूर्वाधार निर्माणको काममा विशेष चासो देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह