२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाविरुद्ध हर्कको स्ट्याटस: यी ठगको झुण्डलाई तह लगाउन एक जुट भई लडौँ !

२०८०, ६ फाल्गुन आईतवार ०६:४५

फागुन ६, काठमाडौं | फेसबुकमा तारन्तार स्ट्याटस लेखेर चर्चा र विवादमा आइरहने धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध खनिँदै आएका छन् ।

उनले पछिल्लो २४ घण्टामा फेसबुकमा रास्वपाविरुद्ध आधा दर्जन स्ट्याटस पोस्ट गर्दै ‘झुसे बारुलो’को संज्ञा दिएका छन् ।

फेसबुक धेरै चलाएकै कारण पछिल्लोसमय बढी विवादित पनि हुने गरेका साम्पाङले रास्वपालाई भेडाहरूको बथान अर्थात् ‘नयाँ भेडी गोठ’ भन्दै टिप्पणी भनेका छन् ।

पछिल्लो पाँच सातायता रास्वापा र सभापति रवि लामिछानेलक्षित पोष्ट गर्दै आएका उनले शनिबारयता आधा दर्जन बढी पोस्ट गरेका छन् ।


‘नयाँ भेडी गोठमा के हुँदैछ ? नयाँ भेडाहरूले मलाई सिध्याउने रे ?’ उनले लेखेका छन् ।

उनले रास्वपालाई तह लगाउन आफ्ना समर्थकलाई निर्देशन दिएका छन् । उनले ठगको झुण्ड भन्दै लेखेकाछन्, ‘रास्वपा मलाई यानिकी भूमि पुत्रलाई सिध्याउन आको रे ! अब लडौँ है ! मलाई चाहने सबैले यी ठगको झुण्डलाई तह लगाउन एक जुट भई लडौँ !’

उनी यत्तिका रोकिएका छैनन् । ‘झुसे बारुलो’ भनेर रास्वालक्षित पोस्ट गरेका छन् । ‘धरानको विकास र सुशासनको बाधक रास्वपा हो !’ उनले फेरि लेखेका छन् ।

रास्वालाई खेदो खन्न निर्देशन दिएका उनै हर्क फेरि लेख्छन्, ‘नहुने नहुने कुरामा मेरा समर्थकहरूलाई दुःख दिने कृत्य नगर्नु है !’

अझै हर्क यत्तिकैमा रोकिएका छैनन् । सेन्टिमेन्ट बटुल्ने प्रयत्न गर्दै लेख्छन्, ‘मलाई अर्थात् भूमिपूत्रलाई सिध्याउने षड्यन्त्र हुँदैछ रे !’

हर्क साम्पाङ तिनै हुन् जसले चुनावमा राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएका थिए ।

त्यो अभियान चलाउँदै आएका उनले चुनाव जितेपछि देशभरिबाट समर्थन र सहानुभूति पाए । तर, उनलाई आफैँले लेख्ने गरेको स्ट्याटसहरूले विवादमा तानिरहेका छन् ।

पछिल्लोसमय उनले धरान उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा हस्ताक्षर सङ्कलन गर्न थालेपछि रास्वपाविरुद्ध उनी आक्रामक भएका हुन् ।

उनका पछिल्ला अधिकांश स्ट्याटस रास्वपाविरुद्ध छन् । साथै रास्वपाविरुद्ध आएका समाचारसमेत सेयर गरिरहेका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्कको चौतर्फी आलोचना भइरहेको छ ।

उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गतेदेखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेको छ ।

मोरङको प्रिन्स निर्माण सेवालाई यात्रुवाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !