२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा

२०८०, ७ फाल्गुन सोमबार ०८:२५

फागुन ७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने बताएका छन् ।

आज पार्टीद्वारा काठमाडौंमा आयोजित "त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव"को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट ब्यबस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गरे ।


देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको ब्यबस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अरबौ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले बिकृत मान्यता र दर्शन बोकेर देश बिकास हुन नसक्ने बताए। देश बैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पुर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

२०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिदै थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आवश्यकता समेत औँल्याए । बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुनु आग्रह गरे ।

कार्यक्रममा नेताहरु बिष्णु भट्टराई , राजाराम बर्तौला, माधव खत्री ,हिक्मतजङ्ग भण्डारी  सुनिता कुरुङ्वाङ, श्याम घिमिरे लगायतले बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !