२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकुमारी घटनाबारे ओलीको आक्रोशः ‘नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री’

२०८०, ८ फाल्गुन मंगलवार ०९:१३

फागुन ८, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

ओलीले सरकार आफैले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञासमेत दिए।


पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले दुई जना मानिसको ज्यानसमेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनै पनि हालतमा पदमा बसिरहन नमिल्ने बताए।
अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको जिकिरसमेत गरे।
उनले भने, ‘दोषी हो मन्त्री भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो। मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो, तोकेर भनिएको छ। यस्तो सरकार छ कि मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ,  न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ। नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री।
आफैले बनाएको अयोगले दोषी करार गरेको छ, जुन दोषका कारणले मान्छेको ज्यान गएको छ, जसका कारण प्रहरीहरु कारबाहीमा परेका छन्। जुन दोषको कारणले त्यहाँ अप्रिय स्थिति सिर्जना भएको छ। मान्छेहरु घाइते भएका छन्। अनि त्यस्तो मन्त्री बसिरहन मिल्छ? लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ? यो गठबन्धनले यही गरिराखेको छ। लोकलाज पनि छैन यो गठबन्धनलाई। यस्तो अवस्थामा हामी छौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !