२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामललाको दर्शन गर्न परराष्ट्र मन्त्री अयोध्यामा, पाँच प्रकारको आभूषण समर्पण गरिंदै

२०८०, १२ फाल्गुन शनिबार ०८:१२

फागुन १२, नयाँदिल्ली | भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदको आज अयोध्या जाने कार्यक्रम रहेको छ। 

रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार रामललाको दर्शन गर्न अयोध्या पुग्न लागेका हुन ।

बिहान ११ बजे दिल्लीबाट विशेष विमानमार्फत अयोध्या प्रस्थान गरेका परराष्ट्र मन्त्री साउँदलाइ अयोध्यास्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश सरकारका मन्त्रीहरू तथा अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधिकारीले स्वागत गर्ने कार्यक्रम रहेको छ।

समाचार अनुुसार विमानस्थलबाट सोझै उनी भगवान श्रीराम जन्मभूमि मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साउद अयोध्यामा मन्दिर दर्शन गर्ने नेपाल सरकारका  उनी पहिलो प्रतिनिधि हुन ।

मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत रायसहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने छन्। रामललाको दर्शनको क्रममा त्यहाँका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी दिइएको छ।

परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पाँच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्नेछन्। चाँदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र श्रृंगारका सामानहरू रहेका छन ।

साथै, परराष्ट्र मन्त्री साउँदले सरयू घाटमा आज साँझ हुने सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम छ। यो संगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।

 परराष्ट्र मन्त्री साउदले आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !