१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१५ वैशाखमा इलाम-२ र बझाङ-१ उपनिर्वाचन हुने

१३ फाल्गुन २०८०, आईतवार ०८:२६

फागुन १३, काठमाडौँ | निर्वाचन आयोगले इलाम–३ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । 

प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१मा आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । 

इलाम–२ मा निर्वाचित सांसद तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भएकाले उपनिर्वाचन हुन लागेको हो । एमालेबाट निर्वाचित नेम्वाङको गत २६ भदौमा हृदयघातका कारण निधन भएको थियो । 

बझाङ–१ को प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंह गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचनबारे आयोगको विज्ञप्ति

निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकलेनेपाल सरकारसँगको परामर्शमाप्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२बाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग रबझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य श्री पृथ्वी बहादुर सिंहको निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारीसम्बन्धित संघीय संसद सचिवालयरप्रदेश सभा सचिवालयबाट आयोगमा प्राप्त भएको थियो।

यसरी कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिमउपनिर्वाचनको मिति तोकिएको हो। यस उपनिर्वाचनमासहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोग सम्बन्धित सबैमाआग्रह गर्दछ।

डा. थानेश्वर भुसाल

उपसचिव एवम् सहायक प्रवक्ता

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह