२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाऔँ: गगन थापा

२०८०, १४ फाल्गुन सोमबार ०९:५९

फागुन १४, काठमाडौँ | सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् । 

आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । 

‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला ? निर्दाेष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !