१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कुशवाहा र रामप्रित रामलाई आजपाले गरयो निष्काषन

१९ फाल्गुन २०८०, शनिबार ०५:५३

फागुन १९, काठमाडौँ | प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत राम लाई कारवाही गरेको छ ।

पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेका भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेको हो।

आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै कुशवाहा र राम लाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए।

‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरुमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुल्लो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ ।

यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरुमा संलग्न रहेको विषय पुष्टि भएकोले रामपृत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

पूर्व प्रदेश सांसद कुशवाहा र राम केहीदिन अघि पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली संग टिका लगाएर एमालेमा प्रवेश गरेका थिए। तत्कालीन एमाले केन्द्रीय सदस्य समेत रहेका कुशवाहा गत निर्वाचनमा प्रभु साह संगै पार्टीको टिकट बहिष्कार गरी स्वतन्त्र उमेदवारी दिएपछि पार्टीले उनलाई कार्वाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह