१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले भन्यो -‘प्रधानमन्त्रीले गठबन्धन तोड्ने, अनि हामीले किन राजीनामा दिने ?

२१ फाल्गुन २०८०, सोमबार ०६:३२

फागुन २१, काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको बिफ्रिङ गरेका छन् । सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन् । 

बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’ कांग्रेसले गठबन्धन नतोडेको भन्दै नयाँ रणनीति पनि केही नभएको उनको भनाइ थियो ।  ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं ,’ उनले भने । 

प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री छन् । गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताए ।

‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ,’ उनले भने । 

आजै एमाले-माओवादी-रास्वपालगायतको नयाँ सत्ता समीकरण बन्ने पक्कापक्की भइसकेको छ । सानो आकारको मन्त्रिमण्डल आजै गठनको तयारी छ । जनमत, जसपा र नाउपा संवादमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह