फागुन २१, काठमाडौं | भागबन्डा टुङ्ग्याउन पुनः नयाँ गठबन्धनको बैठक सोमबार दिउँसो पुनः बस्ने भएको छ । बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय भने टुङ्गिएको छैन ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक दिउँसो साढे २ बजे पुनः बस्नेछ । करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको मल्लले जानकारी दिए ।
यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।