१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीमा आलोपालोको सहमति छैन, प्रदेश सरकारहरुमा भने फेरबदल हुन सक्ने

२१ फाल्गुन २०८०, सोमबार ०७:१२

फागुन २१, काठमाडौं | नयाँ सत्ता समीकरण निर्माणसँगै धेरैलाई जिज्ञासा भएको विषय हो, प्रचण्ड कतिञ्जेल प्रधानमन्त्री हुन्छन् ? तर, एमाले स्रोतका अनुसार आलोपालो प्रधानमन्त्रीको कुनै पनि समझदारी भएको छैन । ओलीले संसदको बाँकी कार्यकालभित्र आफू पनि प्रधानमन्त्री बन्नुपर्ने भनेर दाबी नराखेको स्रोतको भनाइ छ ।


त्यसैले, यदि बीचमा फेरि कुनै उथलपुथल भएन भने प्रचण्डले पाँच वर्ष अनवरत प्रधानमन्त्रीको कुर्सीमा बसेर रेकर्ड राख्न सक्नेछन् । तर, नेपालको राजनीतिमा कहिले के हुन्छ भन्न सकिँदैन ।

संसदको तेस्रो शक्ति भए पनि प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गरेर आफ्नो सत्ता आयू लम्ब्याउन सफल भएका छन् । कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्रीमा उनको आयू अब १० महिना मात्र बाँकी थियो ।

त्यसपछि क्रमशः माधव नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा थिए । तर, आफूलाई सत्ताको चतुर खेलाडी सावित गर्दै प्रचण्डले फेरि एकपटक समीकरण बदलेर आफ्नो बालुवाटार बसाई लम्ब्याउने छनक देखाएका छन् ।

प्रदेश सरकारहरुमा भने आलोपालो गर्ने समझदारी भएको छ । कांग्रेसको मुख्यमन्त्री रहेका प्रदेशहरुमा सरकार परिवर्तन हुने छ । यसले फेरि एकपटक केन्द्रदेखि प्रदेशसम्म नयाँ अस्थिरताको सुत्रपात हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह