२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीमा आलोपालोको सहमति छैन, प्रदेश सरकारहरुमा भने फेरबदल हुन सक्ने

२०८०, २१ फाल्गुन सोमबार ०७:१२

फागुन २१, काठमाडौं | नयाँ सत्ता समीकरण निर्माणसँगै धेरैलाई जिज्ञासा भएको विषय हो, प्रचण्ड कतिञ्जेल प्रधानमन्त्री हुन्छन् ? तर, एमाले स्रोतका अनुसार आलोपालो प्रधानमन्त्रीको कुनै पनि समझदारी भएको छैन । ओलीले संसदको बाँकी कार्यकालभित्र आफू पनि प्रधानमन्त्री बन्नुपर्ने भनेर दाबी नराखेको स्रोतको भनाइ छ ।


त्यसैले, यदि बीचमा फेरि कुनै उथलपुथल भएन भने प्रचण्डले पाँच वर्ष अनवरत प्रधानमन्त्रीको कुर्सीमा बसेर रेकर्ड राख्न सक्नेछन् । तर, नेपालको राजनीतिमा कहिले के हुन्छ भन्न सकिँदैन ।

संसदको तेस्रो शक्ति भए पनि प्रचण्डले एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गरेर आफ्नो सत्ता आयू लम्ब्याउन सफल भएका छन् । कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्रीमा उनको आयू अब १० महिना मात्र बाँकी थियो ।

त्यसपछि क्रमशः माधव नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा थिए । तर, आफूलाई सत्ताको चतुर खेलाडी सावित गर्दै प्रचण्डले फेरि एकपटक समीकरण बदलेर आफ्नो बालुवाटार बसाई लम्ब्याउने छनक देखाएका छन् ।

प्रदेश सरकारहरुमा भने आलोपालो गर्ने समझदारी भएको छ । कांग्रेसको मुख्यमन्त्री रहेका प्रदेशहरुमा सरकार परिवर्तन हुने छ । यसले फेरि एकपटक केन्द्रदेखि प्रदेशसम्म नयाँ अस्थिरताको सुत्रपात हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !