१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गठबन्धन फेरिएपछि अन्याेलमा एकीकृत समाजवादी, गतिविधि हेरेर निर्णय लिने

२१ फाल्गुन २०८०, सोमबार ०८:०७

फागुन २१, काठमाडौं | नेकपा एमालेसहितको नयाँ सत्ता समीकरण निर्माणपछि एकीकृत समाजवादी अन्योलमा परेको छ। एमालेबाटै विद्रोह गरेर बनेको एकीकृत समाजवादी कांग्रेस–माओवादी गठबन्धन हुँदा सरकारमा थियो। 

तर अहिले एमालेसहितको नयाँ समीकरण बनेपछि भने यो पार्टी अन्योलमा परेको हो। गत वर्ष पुस १० मा एमालेसहितको गठबन्धन बन्दा पनि सरकारबाहिरै रहेर एकीकृत समाजवादी फागुनमा कांग्रेस सहितको गठबन्धन ब्यूँतिएपछि भने सामेल भएको थियो। 


अहिले एकाएक सत्ता गठबन्धन परिवर्तन भएको राजनीतिक परिस्थिति आफूहरूका लागि अनपेक्षित भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले प्रतिक्रिया दिए। यसबारे आफूहरूसँग कुनै छलफलसमेत नभएको उनले बताए। ‘अहिलेको राजनीतिक घटनाक्रम हाम्रो लागि अनपेक्षित थियो’,  उनले भने, ‘हामीसँग कुनै सरसल्लाह नगरी सबै घटनाक्रम अघि बढाइयो।’

उपमहासचिव खतिवडाले अब आगामी दिनमा के कसरी नयाँ गठबन्धन अघि बढ्छ, त्यसलाई हेरेर आफूहरूले उपयुक्त सयमा उपयुक्त निर्णय लिने बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह