१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफ्ना मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन एकीकृत समाजवादीको निर्देशन

२१ फाल्गुन २०८०, सोमबार ११:५४

फागुन २१, काठमाडौं | माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट बिदा हुने निर्देशन दिएको छ। सचिवालय बैठकले मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन निर्देशन दिएको नेता गंगालाल तुलाधरले बताए।

सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मन्त्रीहरुलाई केही पनि नभनेको भए पनि पाँच बजे नयाँ मन्त्रीहरुको शपथ तोकिएको जानकारी प्राप्त भएकाले आफूले सम्हालेको मन्त्रालयमा गएर बिदाई हुने सचिवालयले निर्देशन दिएको तुलाधरले बताए।


सरकारमा सहभागी हुनका साथै समाजवादी मोर्चाको एक घटकको रुपमासमेत अहिलेको सत्ता गठवन्धन परिर्वतनको कुरा आफूहरुलाई जानकारी नभएकाले हाललाई अरु कुनै निर्णय नभएको दाबी उनले गरे।

सरकारमा एकीकृत समाजवादीका तीन मन्त्री सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट हाल २ मन्त्री र एक राज्यमन्त्री छन्। पार्टी उपाध्यक्ष समेत रहेका डा बेदुराम भुसाल कृषि तथा पुशपक्षी विकास मन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री छन्। 

त्यस्तै नन्दा चपाई भौतिक योजना राज्यमन्त्री छन्। भुसाल राष्ट्रिय सभा सदस्य हुन् भने ज्वाला प्रतिनिधि सभा सदस्य हुन्। उनीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको तीन महिनापछि गठबन्धन सरकारमा २०७९ चैत १७ गते सामेल भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह