२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

छोराको बिहे भाँड्न आमाले बेहुलीको ड्रेस बिगार्ने षडयन्त्र गरेपछि…

२०८०, २२ फाल्गुन मंगलवार ०९:५२

फागुन २२, काठमाडौं | सासू र बुहारीबिच झगडा नहुने, मनमुटाब नभएका घटना कमै होलान् । चाहे नेपालमा होस् या विदेश सासू र बुहारी मिलेको हत्तपत्त देख्न पाइँदैन । 

कतिपय सम्बन्ध त यस्ता पनि हुन्छन् जसमा बुहारी बन्नुअघि नै आमालाई छोराले बिहेका लागि रोजेको केटी मन पर्दैन । सासू र बुहारीबिचको झगडा टेलिफिल्मको कथामा मात्रै देख्न पाइन्न, दैनिक जीवनमा पनि हामीले भोगेको देखेका हुन्छौँ ।


मेक्सिकोमा सासू र बुहारीको अनौठो खालको झगडा सार्वजनिक भएको छ । समाचारहरूका अनुसार छोराले बिहे गर्न रोजेको केटीसँग मेक्सिकोमा एक महिलालाई यति धेरै समस्या थियो कि उनले आफ्नो जीवनको ध्येय नै छोराको बिहे जुनसुकै हालतमा भाँड्नु बनाइन् । यसका लागि उनले तपाईँ हामीमध्ये कतिपयले सोच्नै नसक्ने काम गरिन् ।

छोराको बिहे रोक्न आमाको सनक

मेक्सिकोका एक व्यापारीका छोरा अलेक्जान्ड्रिया नाम गरेकी मध्यम वर्गीय युवतिको प्रेममा थिए । उनी आफ्नो प्रेमिकासँग बिहे गर्न चाहन्थे तर छोराले साधारण केटीसँग बिहे गरेको परिवार हेर्न चाहदैन थियो । केटी छोराको पैसाको पछाडि छे भन्ने उनीहरूको सोचाई थियो । यस्तो बिहे भाँड्न पूरै परिवार नै केटीको पछि लाग्यो । सुरुमा बेहुलाका दाजुभाइले नक्कली एकाउन्टबाट हुने वाला भाउजूलाई धम्की दिन थाले । सम्बन्ध तोड्न उनलाई ब्ल्याङ्क चेकको लोभ पनि देखाइयो । केटालाई पारिवारिक व्यवसायबाट बेदख्खल पनि गरियो ।

यति मात्रै कहाँ हो ? बेहुलाकी आमाले छोराको कारण आफूलाई हृदयघात भएको नाटक पनि गरिन् । यति धेरै प्रयासले पनि केटा र केटी बिहेबाट पछाडि हटेनन् । त्यसपछि बेहुलाको आमाले केही गुण्डाहरू हायर गरिन् । बिहेअघि दुलहीको गाडी रोकेर उनको सेतो डे«ेसमा रातो रंग खन्याएर लुगा बिगार्न लगाइन् । तर, बेहुली लुगा फेरेर आइन् । परिवारले अथक प्रयास गरेर पनि बिहे भाँड्न सकेन । अहिले यी दुवैको बिहे भइसकेको छ । तर सामाजिक सञ्जालमा बिहे भाँड्न गरिएको प्रपञ्च भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !