१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम २ उपनिर्वाचनमा एमालेले अगाडि बढायाे उम्मेदवार चयनको प्रक्रिया, के- के छन् मापदण्ड ?

२४ फाल्गुन २०८०, बिहीबार ०६:३६

फागुन २४, काठमाडौँ | केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो बैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ । 

जिल्ला सचिवालयको बुधबारको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ ।


कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । ‘उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्नेछन्,’ सचिव गुरुङले भने, ‘त्यसपछि चैत ३ सम्ममा कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ, चैत ५ मा जिल्ला कमिटीले केन्द्रमा उम्मेदवार सिफारिस गर्नेछ ।’

उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा उसको योगदानलगायत मापदण्ड उम्मेदवारका लागि तय गरिएका छन् ।

एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ ।

यसअघिका निर्वाचनमा पालिका र क्षेत्रीय समन्वय कमिटीमा समन्वय गरेपछिमात्रै जिल्लाबाट उम्मेदवार सिफारिस हुनेगरेकामा अहिले भने जिल्ला कमिटीले सोझै तीनजनाको नाम सिफारिस गर्ने अपानि रहेको सचिव गुरुङले बताए ।

इलाम २ मा एमालेबाट दिवंगत नेता सुवास नेम्बाङका स्वकीय सचिबको भूमिकामा रही दुई दशक काम गरेका बुद्धीप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवम विश्लेषक डा.देवी क्षेत्री दुलाल, नेम्बाङका छोरा सुहाङ नेम्बाङलगायत उम्मेदवारका आकांक्षी छन् । इलाम २ क्षेत्रीय समन्वय कमिटी संयोजक समेत रहेका खनालले उप निर्वाचनका लागि आकांक्षीहरुको उचित व्यवस्थापन र सम्मान हुनेगरी पार्टीको विधि, विधान र योग्यताका आधारमा उम्मेदवार चयन गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह