१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले भन्यो: काम गर्न नसकेको दिन हाम्रो पार्टी सत्ताबाट हट्नेछ

२४ फाल्गुन २०८०, बिहीबार ०९:४९

फागुन २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जनताको आकांक्षा पूरा गर्न नसकेको दिन आफ्नो पार्टी सरकारबाट बाहिरिने प्रष्ट पारेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा केही गरौं भन्ने हुटहुटी रहेको र आफ्नो पार्टीको पनि एउटै उदेश्य जनतालाई सेवा दिनु भएको हुँदा सरकारमा सहभागी भएको जिकिर गरे ।

उनले भने– ‘म उहाँहरूलाई भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टी हिजो अरू पार्टीले गरेजस्तो गल्ती गर्न आएको छैन, तपाईँहरू ढुक्क हुनुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको चौथो ठुलो पार्टी हुँदाखेरी पनि नेतृत्व गर्न सकिन्छ, परिवर्तन गर्न सकिन्छ र तमाम हाम्रा राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छ, जुन दिन त्यो काम गर्न सक्दिन भन्ने लाग्छ, त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताबाट हट्नेछ ।’

उनले आफ्नो दल हिजो प्रश्न गर्ने ठाउँमा रहेको भन्दै आज जवाफ दिने ठाउँमा आएको उल्लेख गर्दै प्रश्नबाट भाग्न नपाइने उल्लेख गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नेहरूले दल सरकारमा जानु हुने थियो कि थिएन भने प्रश्न गरिरहेको अवस्था रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह