१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई सांसद चौधरीको सुझाव– सहयात्री सुतिरहँदा छोडेर नहिँड्नुहोला

२४ फाल्गुन २०८०, बिहीबार १०:१७

फागुन २४, काठमाडौँ | एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रत्येकपटक सहयात्री दलहरूले थाहै नपाई साथ छोड्ने बानी प्रधानमन्त्रीले फेर्न आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले आफ्नै सहयात्री दललाई थाहै नदिई प्रधानमन्त्रीले गठबन्धन छाड्दै हिँड्नु राम्रो नभएको बताए । 


‘तपाईंको उन्नति–प्रगति भइराखोस्, तर हामी साथमै छौँ, कतिखेर छुटेको थाहै हुँदैन । सुतिरहेका हुन्छौँ, उठ्दा हामीलाई छाडेर उहाँ अन्तै पुगिसक्नुभएको हुन्छ,’ उनले भने, ‘अबदेखि यस्तो काम नगर्नुहोला ।’ 

उनले आफ्ना नेता माधवकुमार नेपालले पनि पटकपटक धोका पाएको संकेत गरे । ‘बिचरा माधव नेपालजस्तो असल नेताले जहिल्यै प्रचण्डको बखान गर्नुहुन्छ । सधैँ प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भनिरहनुहुन्छ । उहाँलाई पनि थाहै हुँदैन । उहाँ सुतिराखेको वेला छुटेको थाहै हुँदैन । यस्तो कसैले गर्नुहुँदैन,’ उनले भने । 

उनले प्रधानमन्त्रीमा रहेको देश निर्माणको हुटहुटी र वाम ध्रुवीकरणको अभिभारा पूरा होस् भन्ने कामना पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह