२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टी सिध्याउने खेल, पटक-पटक न्याय मरे पनि म मरेको छैन: रेशम चौधरी

२०८०, २४ फाल्गुन बिहीबार १०:४६

फागुन २४, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी सिध्याउने खेल सुरु भएको बताएका छन् ।

निर्वाचन आयोगले आज चौधरीलाई अध्यक्ष अस्वीकार गर्दै सहअध्यक्ष रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले पार्टी सिध्याउने खेल भएको आरोप लगाएका छन् ।

‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेश खान्नौँ । पटक पटक न्याय मरे पनि म मरेको छैन । चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन’, उनले खेलेका छन्, ‘बाघ बूढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।’

दुई महिना पहिले कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । तर, आज निर्वाचन आयोगले आज उनलाई अध्यक्षको वैधानिकता दिएन र रन्जिता श्रेष्ठकै कार्यसमितिलाई सदर गरेको छ ।


महाधिवेशनबाट मनोनित भएका पदाधिकारीहरुको नामावली अध्यवाधिकका लागि आयोगमा पठाइएको थियो । आयोगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वैधता अध्ययन गरेर रेशमलाई अध्यक्ष स्वीकार गर्न नसकिने निश्कर्ष निकालेको हो । आयोगले अध्यक्षमा पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई निरन्तरता दिएको छ ।

नाउपाको विधानमा पदाधिकारी हुनका लागि केन्द्रीय सदस्य भएको एक वर्ष हुनुपर्ने व्यवस्था भएपनि रेशम केन्द्रीय सदस्य थिएनन् । साथै, उनी राजनीतिक दलको सदस्य बन्न योग्य नरहेको प्रश्नसमेत उठिरहेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ मा दलको सदस्यता सम्बन्धी व्यवस्था रहेको छ । उक्त दफाको उपदफा २ (ख) ले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति सुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको व्यक्तीमात्रै राजनीतिक दलको सदस्य बन्न सक्ने ब्यवस्था छ ।

रेशम टीकापुर घटनामा तीनवटै अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई सरकारले आममाफी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की