१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टी सिध्याउने खेल, पटक-पटक न्याय मरे पनि म मरेको छैन: रेशम चौधरी

२४ फाल्गुन २०८०, बिहीबार १०:४६

फागुन २४, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी सिध्याउने खेल सुरु भएको बताएका छन् ।

निर्वाचन आयोगले आज चौधरीलाई अध्यक्ष अस्वीकार गर्दै सहअध्यक्ष रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले पार्टी सिध्याउने खेल भएको आरोप लगाएका छन् ।

‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेश खान्नौँ । पटक पटक न्याय मरे पनि म मरेको छैन । चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन’, उनले खेलेका छन्, ‘बाघ बूढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।’

दुई महिना पहिले कैलालीको टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । तर, आज निर्वाचन आयोगले आज उनलाई अध्यक्षको वैधानिकता दिएन र रन्जिता श्रेष्ठकै कार्यसमितिलाई सदर गरेको छ ।


महाधिवेशनबाट मनोनित भएका पदाधिकारीहरुको नामावली अध्यवाधिकका लागि आयोगमा पठाइएको थियो । आयोगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वैधता अध्ययन गरेर रेशमलाई अध्यक्ष स्वीकार गर्न नसकिने निश्कर्ष निकालेको हो । आयोगले अध्यक्षमा पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई निरन्तरता दिएको छ ।

नाउपाको विधानमा पदाधिकारी हुनका लागि केन्द्रीय सदस्य भएको एक वर्ष हुनुपर्ने व्यवस्था भएपनि रेशम केन्द्रीय सदस्य थिएनन् । साथै, उनी राजनीतिक दलको सदस्य बन्न योग्य नरहेको प्रश्नसमेत उठिरहेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ मा दलको सदस्यता सम्बन्धी व्यवस्था रहेको छ । उक्त दफाको उपदफा २ (ख) ले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति सुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको व्यक्तीमात्रै राजनीतिक दलको सदस्य बन्न सक्ने ब्यवस्था छ ।

रेशम टीकापुर घटनामा तीनवटै अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई सरकारले आममाफी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह