२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : डा. वेदुराम भुषाल

२०८०, २४ फाल्गुन बिहीबार ११:३७

फागुन २४, काठमाडौँ | राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए ।

उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको जिकिर गरे । उनले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताए ।

उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरु उठिरहेको बताए । उनले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘आज मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ । अस्तिको दिनसम्म म आफैँ सरकारमा थिएँ । प्रधानमन्त्रीसँग पटकपटक छलफल गरेका छौँ । अर्थतन्त्रका केही केही सूचकांकहरु खासगरी वाह्य सूचकांकहरुमा सुधार देखिएको छ । तर पनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्याहरु छन् । एउटा गम्भीर चुनौतिको रुपमा यतिबेला हाम्रो अर्थतन्त्र संकटमा छ । यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस् ।’

उनले बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या देशमा धेरै नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की