२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

२०८०, २५ फाल्गुन शुक्रबार ०६:४६

फागुन २५,  मस्को | पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् । 

यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो । तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो। त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए।

भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

मृतक भारतीय नागरिकका भाइको नाम इमरान हो । इमरानले हालै आफ्नो भाइको सम्बन्धमा भारतीय दूतावासलाई सम्पर्क गरेका थिए । यस क्रममा हैदराबादका सांसद असदुद्दीन ओवैसी पनि उनीसँगै थिए ।

अफसानले त्यहाँको एजेन्टको सहयोगमा रसियामा काम पाएका थिए । उनको मृत्युपछि उनको परिवारले एजेन्टसम्म पुग्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म भेट्न सकेको छैन । यस विषयमा एजेन्टले अफसानको मृत्यु नभएको बताएको छ ।

ति मात्र होइन, एजेन्टको कुरामा विश्वास गर्ने हो भने अफसानलाई पोस्ट गरिएको ठाउँ युक्रेनको सीमा क्षेत्रभन्दा धेरै टाढा थियो । एजेन्टका अनुसार अफसान जिउँदै छन् । उनलाई मस्कोबाट टाढा पोस्ट गरिएको छ। त्यसैले उनले अहिले नै केही पुष्टि गर्न सक्दैनन् । अफसानका श्रीमती र २ छोराछोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की