१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भिजिट भिसामा सेटिङ: फरार अभियुक्त गृहका अधिकृत बिमल पौडेल सुटुक्क हाजिर भएर धरौटीमा छुटे

२५ फाल्गुन २०८०, शुक्रबार ११:३०

फागुन २५, काठमाडौँ | तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म एकछत्र राज गरेका फरार अधिकृत बिमल पौडेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए । गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेलविरुद्ध नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन अध्यागमन अधिकृतको हैसियतमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुद्दा दायर हुने भएपछि पौडेल कागजी रुपमा फरार भएका थिए । उनै पौडेल हालै काठमाडौं जिल्लामा सुटुक्क हाजिर भएर १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।


जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी गृह मन्त्रालय हाजिर भइसकेका छन् । पौडेल गृहसचिव महेश्वर न्यौपानेको पिए हुँदा निकै रजगज गरेका थिए । उनकी श्रीमती एनआईसी एसिया बैंकको जनसम्पर्क अधिकृत समेत हुन् ।

गृहसचिवको सचिवालयमा बसेका पौडेलले कोरोनाकालमा उक्त बैंकका सञ्चालकहरुलाई गाडी छुटाउन कही नरोकिने गरी पास उपलब्ध गराएको चर्चा अझै सेलाएको छैन । विशाल ग्रुपलाई उनले लाभ पुऱ्याएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले कोरोनाकालमा आतंकै मच्चाएको चर्चा छ । अख्तियार र गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा सचिवको सचिवालयमा बसेका पौडेल किर्ते अपराधमा मुछिएका छन् । यसले समेत उनले त्यो बेला पदीय हैसियत र शक्तिको व्यापक दुरुपयोग गरेका थिए भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अख्तियारमा बसेका पौडेलमाथि सरकारवादी मुद्दा लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत सम्पत्ति छानबिन गर्न जरूरी छ । कोरोनाकालमा वीरगन्ज भन्सारबाट सरकारी पास दुरुपयोग गरेर विशाल ग्रुपले ल्याएका गाडीको विवरण समेत मागेर अख्तियारको दुरुपयोगमा पौडेलमाथि थप अनुसन्धान गर्नु पर्ने देखिन्छ ।

त्यस्तै उनीसँगै फरार भएका शैलेन्द्र ढकाल ताराबहादुर कुँवर, विष्णु अर्याल, कुशल बराल, सुजन फागो विकाश डङ्गोल र पीताम्बर रिमाल पनि जिल्ला अदालतमा सुटुक्क हाजिर भएर त्यसै दिन धरौटीमा रिहा भएका छन् । अर्याल तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा थिए भने डंगोल सामान्य प्रशासन मन्त्रालयको कप्रबाट अध्यागमन पुगेका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह